
New Branch Opening: Khusibu, Kathmandu
Netradham Eye Care Center is open as “Premium Eye Clinic” at Khusibu, Kathmandu from 5th Kartik 2079 (22nd October 2022).




Eye Examination – Lumbini 2079
२५६६ औ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०७९ को विशेष अवसरमा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा नेत्रधाम फाउन्डेसन, Lumbini World Peace Forum र नेत्रधाम आई केयर सेन्टर कुपन्डोल ललितपुरको सहयोगमा १ दिने डाइविटिक आँखा जाँच ( With using AI- Technologies) समापन भएको छ।
लामो समय तिलगंगा आँखा प्रतिष्ठानमा Chief Retinal Surgeon का रुपमा कार्य अनुभव समाल्नु भएका वरिष्ठ डा. संयम बजिमय को नेतृत्वमा भएको उक्त टोलीले शिविरमा विशेष गरी चिनी रोगले आँखाको दृष्टि पर्दा (RETINA) मा पार्ने गम्भिर असरहरुको बारेमा सर्वसाधारणमा जनचेतना फैलाउने र मधुमेह भएकालाई नि : शुल्क आँखा जाँच गरी परामर्श दिने उदेश्यले बिहान ९:३० बजेबाट शुरु भएको उक्त शिविर बेलुका ५ बजे सम्म संचालन भएको थियो।
देश तथा विदेश बाट आउनु हुने आगन्तुकहरुले स्वास्थ्य सिविर अवलोकन गरेका थिए जस मध्ये ८५ जना मा (३२ जना महिला र ५३ जना पुरूष) मधुमेह भएका बिरामीले आँखा जाँच गराएका थिए। आँखा जाँच गराएका बिरामी मध्ये ५ जनामा दृष्टि पर्दाको समस्या भएकोले अस्पताल रिफर गरिएको थियो। शिविरमा बिरामीलाई आवश्यक परेको औषोधी र थप उपचार नेत्रधामले नि : शुल्क व्यवस्था गरेको थियो।
शिविरमा नेत्रधाम फाउन्डेसनका संचालक डा. संयम बजिमय (वरिष्ठ नेत्र बिशेषज्ञ) , पूर्ण बहादुर रोका (Optometrist), कपिल गौतम (Optometrist) र Lumbini World Peace Forum का कार्यकर्ताको सक्रिय संगलगनता भएको नेत्रधाम फाउन्डेसनको यो पहिलो स्वास्थ्य शिविर थियो।
पछिल्लो समयमा मधुमेहका बिरामी बढदोक्रममा रहेकोले, मधुमेह संगै मधुमेहले आँखामा पार्ने गम्भिर असर (Diabetic Retinopathy) बाट आँखा बचाउन सम्पूर्ण मधुमेह भएका व्यक्ति हरुले बार्षिक १ पटक आँखा जाँच गराउने अनिवार्य रहेको जानकारी दिनु भयो।






Diabetes Milletus
High blood sugar (glucose) increases the risk of trouble. In fact, diabetes is the leading cause of blindness in adults ages 20 to 74. People with diabetes can get blurry vision when their blood sugar is too high. They’re also at greater risk for three serious eye problems: cataracts, glaucoma, and retinopathy.
(more…)